जिल्लाको दखिणक्षेत्र फाल्गुनन्द गाँउपालिका कार्यालयमा स्थानियले ताला लगाएका छन । सोमबार गाँउ पालिकाको गाउसभाले सेवाकेन्द्र सार्ने निर्णय गरेको पछि सो सेवाकेन्द्र नसार्न माग राख्दै स्थानियले ताला लागाएका हुन ।
स्थानिय सेवाग्राले सेवाकेन्द्र सार्दा अपायक हुने भन्दै बिगतमा पनि आन्दोलन गरेका थिए । गाँउपालिका गाउसभाले याम्वावुङ , भन्दा तल कोलबुङ भन्दा माथि जग्गा प्राप्ती पछि सेवाकेन्द्र सार्ने निर्णय गरेको प्रमुख प्रसाशकिय अधिकृत अनिल त्रि खत्रीले जानकारी दिए ।
अधिकृत खत्रिले भने, ‘अनुसार बिहान उठेर हेर्दा त कार्यालयमा ताला लगाइ सकिएको देखियो । निवासमा समेत ताला लगाइ दिएका छन’ । अहिले पुरानो पंचमी बजारमा स्थानिय सेवाग्राहिरु भेलाभएर पलिकाको निर्ण बिरुद्ध नारा लगाउदै बजारमा टायर बालेर बिरोध गरिरहेका छन ।
स्थानियले पुरानै घुर्विविसे पञ्चमी फाक्तेप ठाउमा सेवाकेन्द हुनुपर्ने माग राखदै आएका थिए । अहिले पनि साविकै ठाउको मागरहेको छ । गाँउ पालिकाको निर्णय विरुद्ध उत्रिएका स्थानियले अध्यक्ष नेतृत्व राजिनामा दे, जनविरोधि निर्णय खारेज गर ,यस्ता प्रतिनिधि चाहिदैन , केन्द्र सार्न पाईदैन ,उपाध्यक्ष तु राजिनामा दे , फाल्गुनन्द वासि जनाता एक हौ नारा लगाईरहेका छन ।
संविधान अनुरुप निर्णय फिर्ता गर जस्ता बिज्ञप्तमा उल्लेख सहित ७ बुद्धे प्रश्न को उत्तर नआए कडा आन्दोलन गर्ने चेतावनि दिएका छन । बिज्ञप्तीमा, साविक फाक्तेप ५ स्थित याउपालिका सेवा केन्द्र वचाउ संघर्ष समिति पाँथरले गरेको देखिएको छ । यता तनाव सान्त पार्न जनप्रतिनिधि र स्थानिहरु बीच सम्वाद हुने जनाइएको छ ।