काठमाडाैं, १५ साउन – नेपालका प्रमुख डिजिटल मार्केटिङ र एसर्इअो कम्पनीहरु मध्ये एक Elance Degital Meida ले गत शनिबार एक पत्रकार सम्मेलन अायोजना गरि अगष्ट ४ मा हुन लागेको डिजिटल मार्केटिङ कन्फरेन्स २०१८ को बारेमा जानकारी गराएको छ ।
उक्त पत्रकार सम्मेलनमा Elance Degital Media का संस्थापक तथा प्र.का.अ. अनिश साहले डिजिटल मार्केटिङ सम्मेलनले व्यवसायहरुलार्इ 'कन्टेन्ट मार्केटिङ' को महत्व र त्यसालार्इ राम्ररी नअपनाउँदा पुग्न सक्ने हानिको बारेमा विस्तृत जानकारी दिने बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा सहभागी राजन शिल्पकार सहसंस्थापकले यो सम्मेलन कम्पनीको उद्देश्यसँग एकदम मिल्दो रहेको बताउँदै Elance Degital Media नेपालमा व्यवसायीहरुलार्इ मद्दत गर्न सर्वोत्तम डिजिटल मार्केटिङ रणनीतिहरु प्रवर्द्धन गर्न सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको पनि बताउनु भयो ।
Elance को उद्देश्य र यसको मूल धारणा पहिले Billionaire's Club 2014' को कम्पनी प्रोफाइलको रुपमा विकास गरिएको र Billionaire's Club संस्थापकहरुको कलेजमै हुँदा डिजिटल मार्केटिङ क्षेत्रलार्इ विकास गर्ने एक अभियान रहेको पनि बताइएको छ ।
उक्त पहलनै पछि अाएर अगष्ट १ २०१८ मा Elance Digital Media मा परिवर्तन भएको हो । सोही वार्षिक उत्सवको अवसरमा डिजिटल मार्केटिङ सम्मेलनको अायोजना गरिएको हो । उक्त सम्मेलनको मुख्य उद्देश्य सान तथा बढ्दै गरेका व्यवसायहरुलार्इ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउनु रहेको छ ।
Elance Degital Media का सहसंस्थापक विजय घिमिरेले सो सम्मेलन WB21 (१८० भन्दाबढी देशहरुमा सेवा प्रदान गरिरहेको एक अनलार्इन वित्तीय संस्था) ले प्रायोजन गर्न लागेको जानकारी पनि दिनु भएको छ ।
WB21 का संस्थापक मिखेेल गुस्ताैरको दर्शन र संस्थाले प्रदान गरेको सेवाले बैकिंङलार्इ नयाँ परिभाषा दिएको र उहाँले यस सेवाको बजारमा देखेको अावश्यकता र निरन्तर पुर्याइरहेको योगदानको पनि प्रशंसा भएको हो ।
Elance Degital Media को पनि उद्देश्य यस्तै रहेको बताउँदै संस्थापकहरुले उपलब्ध सेवा र प्रविधिको प्रयोग गरी नविन सेवा र समाधानहरुको सिर्जना गरी व्यवसायलार्इ बढाउन मद्दत गर्नु नै प्रमुख उद्देश्य रहेको बताएका छन् । यसका साथै हुनलागेको डिजिटल मार्केटिङ सम्मेलनले WB21 को निम्ती पनि नेपालका साना तथा ठूला व्यवसायहरु माझ पुग्ने निकै महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास Elance ले लिएको छ ।
पत्रकार सम्मेलनमा साहले नेपालमा प्रायः व्यवसायहरुले डिजिटल मार्केटिङका लागि फेसबुक, इन्स्टाग्राम, युट्युब र ट्वीटरको प्रयोग गर्ने गरेको बताउनुका साथै, Google विज्ञापनहरु र एसर्इअो, MMS Marketing पनि लोकप्रिय साधन रहेको बताउनु भएको हो ।
विश्वव्यापी प्रवृति निकै फरक रहेको बताउँदै साहले डिजिटल मार्केटिङको क्षेत्रमा नेपालको तुलनामा अन्य देशहरु धेरै टाढा पुगिसेको र हामी लगभग १ दशक नै पछाडी परेको बताउनु भयो । यसका साथै, कन्टेन्ट मार्केटिङमा पनि सोही अवस्था रहेको बताउनु भयो । कन्टेन्ट मार्केटिङको विषयमा प्रष्ट पार्दै साहले भन्नु भयो, 'व्यवसायिहरुले अाफ्नो उत्पादन र सेवा बेच्ने भन्दा पनि अाःनो ग्राहकको समस्या समाधान गर्न तत्पर हुनुपर्छ। यस्तो रणनीतिले कम्पनीहरुलार्इ धेरै ग्राहकहरुले चिन्न र विश्वास गर्न मद्दत गर्छ ।'
पत्रकार सम्मेलनमा साहले नील पटेल (एक एसर्इअो विशेषज्ञ र उद्यमी )को उदाहरण दिनुभएको थियो । पटेलको मुख्य अाकर्षण उनको वेवसाइट तथा ब्लगहरुमा अाफ्नो कम्पनीको विज्ञापन भन्दा पनि अाफ्ना पाठकहरुलार्इ अावश्यक एसर्इअो र मार्केटिङका बारेमा लेखहरु प्रदान गर्नु हो । साहले भन्नुभयो, 'उहाँले समर्थकहरु अाफ्नो सामग्री मार्फत जित्न सफल हुनु भएको छ र सो समर्थकहरु ग्राहक बन्न कत्ति पनि समय लाग्दैन ।'
अगष्ट ४ मा हुने सम्मेलनमा संस्थापकहरुले मार्केटिङ के हो, विभिन्न प्रकारको कन्टेन्ट मार्केटिङ रणनीतिहरु र कम्पनीको लागि उत्तम रणनीति र यसलार्इ कसरी ढाँचा दिने बारे जानकारी प्रदान गरिने बताइएको छ । त्यस बाहेक वक्ताहरुले अाफ्नो अनुभव र Elcance Degital Media को उतारचढाव र सफलताको कहानी पनि साझेदारी गर्नुहने बतार्इएको छ । सहभागीहरुले Case–Study बुझ्ने माैका पाउने बताइएको छ । सम्मेलन पछि सहभागीहरुलार्इ कन्टेन्ट मार्केटिङको जानकारी प्रयोग गरि बिक्री र ग्राहक संख्या बढाउन मद्दत पुग्ने अाशा अायोजकले गरेका छन् ।
मुख्य सम्मेलमा कनटेन्ट मार्केटिङका साथै कम्पनीले उनीहरुको 'Content Ordering System' को बीटा संस्करणलार्इ पनि उपलब्ध गराउने छन् । यी प्रणालीमा एकल र बल्क प्रणाली समावेश गरिएको छ । यी प्रणालीहरुमा ग्राहकको बारे जानकारी उद्योगको प्रकार, खोज शब्दहरु, शब्द गणाना, सामग्रीको गुणस्तर जस्ता विवरणहरु प्रदान गर्न मिल्नेछ । त्यस्तै, विवरणहरुमा अाधारित भर्इ कम्पनीले अाफ्नो सेवा प्रदान गर्ने बताएको छ ।