काठमाडौं । न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित गर्यो । न्यु एराका पेम्बा तामाङले २ तथा आयुश बराम र असिन थापाले समान १–१ गोल गरे । एलआरआईका आशुतोष महतरा र डेनिल श्रेष्ठले समान १–१ गोल गरे ।
एक्सेल्सियर (नीलो) ले किड्स लर्निङलाई २–० गोलले हरायो । विजेताका कृष र कर्माले समान १–१ गोल गरे । सोही स्पर्धामा रिब्सले ह्वाइट हेभेनलाई २–१ तथा बोधीसत्वले न्यु अरुणोदयलाई ३–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१३ मा एक्सेल्सियर (यल्लो) ले जोन डेवीलाई ४–०, एलआरआईले कोहिनुरलाई १–०, काष्ठमण्डप विद्यालयले रेडियन्ट पब्लिकलाई ५–१ र रिब्सले हार्टल्यान्डलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।
यु–११ मा जोन डेवीले रिब्सलाई १–०, संस्कृति इन्टरनेसनल स्कुलले न्यु एरालाई ४–१, राई स्कुलले सेक्रेड हार्टलाई ४–१ र काष्ठमण्डपले एक्सेल्सियरलाई ५–० गोलले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे । यु–९ मा एक्सेल्सियर (रातो) र नीलो, काष्ठमण्डप र कोहिनुर यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
बास्केटबल : राई र चाँदबाग सेमिफाइनलमा
.jpg)
एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गल्र्समा राई स्कुल र चाँदबाग सेमिफाइनलमा प्रवेश गरेका छन् । राई स्कुलले युरो स्कुललाई १२–२ ले पराजित गर्यो ।
राईको जितमा सिमरन शेदगलले ६ अंक योगदान गरिन् । काभ्या थापाको २ अंक सहयोगमा चाँदबागले एक्सेल्सियर (नीलो) लाई ६–० ले हरायो । सेमिफाइनलमा चाँदबागको भेट एक्सेल्सियर (नीलो) संग हुनेछ भने राई स्कुलले स्वर्णिमसंग खेल्ने छन् ।
सिनियर ब्वाइजको सेमिफाइनल रेडियन्ट र संस्कृति तथा पुष्पसदन र राराहिलबीच हुनेछ । सिनियर गर्ल्सको सेमिफाइनलमा रिब्सले ल्यान्डमार्क एकेडेमी तथा एक्सेल्सियरले रेडियन्ट पब्लिकको सामना गर्ने छन् ।