काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तेश्रो साधारणसभा तथा निर्वाचनमा दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्य निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न साधारणसभाको बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।
उपाध्याक्षमा आयषा शाक्य(तेक्वान्दो) र दीपक थापा(ब्याडमिन्टन), महासचिवमा शिब सुन्दर(गोठे टिटि), सचिवमा मन्देकाजि श्रेष्ठ(कराते), कोषाध्यक्षमा आङ्गबाबु लामा(उशु), सदस्यमा सन्तोषी श्रेष्ठ(एथलेटिक्स), जुनी राई(उशु), संजित डंगोल(जुडो), फुलमाया क्याप्छाकी(शुटिंग), अजित गुरुङ्ग(बक्सिङ्ग), संजिप लामा(फेंन्सिंङ्ग), पुरुषोत्तम बज्रचार्य(टिटि), सुरेश चुनारा(कुस्ती), मबिन्द्र भण्डारी(बास्केटबल) निर्विरोध निर्वाचित भएका हुन् ।
कार्यक्रममा विभिन्न खेलका प्रतिनिधि, खेलाडी, जिल्ला प्रतिनिधि गरी ५१ जनाको सहभागिता रहेको थियो । निवार्चन लगत्तै संघको पहिलो बैठकबाट विधान बमोजिम एक उपाध्यक्षसहित तीन सदस्य पनि मनोनित गरिएको छ । जसमा उपाध्यक्षमा फूटबलका विकेश कुथु, सदस्यमा प्रदिप खड्का(टेनिस), अनुजा कुलुङ्ग राई(कबड्डी) र बीरबहादुर महरा(तेक्वान्दो) रहेका छन् ।
२०६० सालमा राखेपमा दर्ता रहेको खेलाडी संघ खेलकुद विकास ऐन २०७७ लागू भएयता जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०७९ मा दर्ता भइ कार्य गर्दै आइरहेको छ ।