काठमाडौं । नेपाल सितोरियो कराते संघले आफ्नो प्रथम बार्षिक साधारसभा केही महत्वपूर्ण निर्णय र योजना पारित गर्दै सर्वसम्मत रुपमा सम्पन्न गरेको छ । यही मंसिर २८ गते शुक्रवारदेखि मधेस प्रदेशस्थित निजगढ, बाराको होटल तारा ईनमा सन्चालन भएको कार्यक्रमको श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले शनिवार एक बिशेष कार्यक्रम बीच उद्घाटन गरे ।
उक्त साधारणसभामा मधेस प्रदेश सांसद मीना लामा, नेपाल कराते महासंघका अध्यक्ष एवं सितोरियो कराते संघका संरक्षक युवराज लामा, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभितराज प्रसाई, कराते स्वयंसेवक प्रशिक्षकका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, संघका उपाध्यक्ष मजिन्द्र सिंह, सचिवहरु प्रेमलाल वमजन, चित्र राना, कोषाध्यक्ष कृष्ण गौतम, केन्द्रिय सदस्यहरु, सात प्रदेश तथा जिल्ला प्रमुखहरु, प्रतिनिधि तथा पर्यवेक्षक गरि करिव एकसय जनाको उपस्थिति रहेको थियो ।
प्रथम साधारणसभा उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री भण्डारीले निर्वाचन भएको एक वर्षको अवधिमा सितोरियो कराते खेलले हाशिल गरेको उपलव्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताए । सम्वोधनकै क्रममा मन्त्री भण्डारीले आफु स्वयम विगत लामो समयदेखि कराते खेलमा आवद्ध भएकोले सितोरियो करातेलाई बिकाश विस्तार गर्ने सन्दर्भमा आफुले निर्वाह गरेको विगतको भुमिका र आगामी दिनमा गर्नुपर्ने सहयोगको लागि कुनै कन्जुस्याई नगर्ने बताए ।
साधारण सभाले आगामी सन २०२७ मा १७औँ एशिया प्यासफिक सितोरियो कराते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । सभाले प्रत्येक प्रदेशको प्रमुख, केन्द्रमा पदेन सदस्य रहने ग्रेडिङ्गमा जिल्ला, प्रदेश र केन्द्रको मातहतमा गर्ने/गराउने समेत निर्णय गर्यो । नेपाल सितोरियो कराते संघ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभावाट संशोधनसहित अनुमोदन गरे । त्यसैगरि संघको आर्थिक बर्ष ०८०/०८१ को आयब्यय सहित बार्षिक कार्यक्रममा भएको आर्थिक बिवरणहरु कोषाध्यक्ष कृष्णप्रसाद गौतमले प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष एवम कार्यक्रम सभापति दावा गुरुङ्गले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको बताए । नेपाल कराते महासंघका अध्यक्ष समेत रहेका संरक्षक युवराज लामाले स्वागत मन्तव्य मार्फत सवैलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । विगतदेखि वर्तमानसम्मको सितोरियो करातेको विकाश र विस्तारको वारेमा क-कसले कस्तो भुमिका निर्वाह गरेको कुरा सवैलाई छर्लङग भएको प्रस्ट्याए । भावी दिनको कार्ययोजनासहित सम्पन्न भएको साधारणसभा कार्यक्रमको सन्चालन नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ ले गरेका थिए ।