काठमाडौं । पाको क्योकुशिन कराते डो संघ नेपालको आयोजनामा बेल्ट एवम् प्रमाणपत्र वितरणका साथै रेफ्री सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल १९ नम्बर गण विशेष कार्यदल हलचोकका गणपती सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनको प्रमुख आतिथ्यतामा सिनामंगलस्थित ब्राइट फ्युचर एकेडेमिको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय डान प्राप्त गर्ने खेलाडीलाई बेल्ट तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसरी प्रमाणपत्र प्राप्त गर्नेमा पाको क्योकुशिन करो डो संघकी प्रमुख प्रशिक्षक सञ्जुमहर्जनले व्ल्याकबेल्ट पाचौँ डान प्राप्त गरेकी छन् । त्यस्तै व्ल्याकबेल्छ पाचौँ डान प्राप्त गर्ने अन्य खेलाडीमा श्रवण आचार्य बिष्णु थापा र जनार्दन घिमिरे रहेका छन् । यसैगरी ब्ल्याकबेल्ट तेश्रो डान प्राप्त गर्ने खेलाडीहरुमा शैलेन्द्र कुमार ठाकुर, दिपेन्द्र कुमार दास, प्रेम कुमार यादव र ओम प्रकाश महतो रहेका छन् भने ब्ल्याकबेल्ट दोश्रो डान प्राप्त गर्ने खेलाडीहरुमा सुधिर पोदार, सुर्यनाथ यादव, गोपाल सिंह बस्नेत र सुजन काफ्ले रहेका छन् ।
यसैगरी, ब्ल्याकबेल्ट पहिलो डान प्रप्त गर्ने खेलाडीहरुमा अर्जुन थिङ, करिना मोक्तान, सुजन महर्जन, प्रेरणा मोक्तान सुमित कुमार साह, अमित पटेल, प्रविण शाक्य, राजकुमार श्रेष्ठ, सुमन तामाङ, सुजाता काफ्ले, आश्था लामा र जस्मिन दंगाल रहेकी छन् । संघकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनको संयोजकत्वमा विभिन्न डोजोका २० जना प्रशिक्षक तथा रेफ्रीलाई रेफ्री सम्बन्धि १ दिने प्रशिक्षण प्रदान गरिएको उक्त कार्यक्रममा विशिष्ट तिथि नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।