काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा २५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार एक सय ७७ नमूना परीक्षण गर्दा एक हजार ५१ जना महिला र १५ सय २० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा १४२८ छन्, जसमध्ये काठमाडौंका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् । त्यस्तै, कास्कीका १५१ जना, मोरङका १४८, सुनसरीका ९१, रुपन्देहीका ८५, कैलालीका ६६, काभ्रेका ४७, दोलखा र मकवानपुरका ४२–४२ जना, कपिलवस्तुका २९, चितवनका २८, कञ्चनपुरका २५, पाल्पाका २४, तनहुँका १८, स्याङ्जाका १७, डडेलधुराका १५, गोरखा र दैलेखका १३–१३ जना, उदयपुर र धनुषाका १२–१२ जना, सिराहा, नवलपुर, दाङ र दार्चुलाका ११–११ जना तथा पर्सा, डोटी र बाजुराका १०–१० जनामा संक्रमण पुष्टि भएको छ । सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी, अछाम र बैतडीका ९–९ जना, नुवाकोट र बाँकेका ८–८ जना, महोत्तरीका ७, सर्लाहीका ६, इलाम, पाँचथर, रौतहट, धादिङ, रामेछाप, सिन्धुली र जुम्लाका ५–५ जना, धनकुटा र गुल्मीका ४–४ जना, ओखलढुंगा, संखुवासभा, बारा, पर्वत र बर्दियाका ३–३ जना, खोटाङ, भोजपुर, लमजुङ, प्युठान र सुर्खेतका २–२ जना तथा तेह्रथुम, रसुवा, म्याग्दी र अर्घाखाँचीका १–१ जनामा पनि संक्रमण देखिएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
पछिल्लो समय नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा मात्र १७ सय ९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ५९ हजार सात सय २४ जना पुगेका छन् । देशभर ३६ हजार एक सय ७४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ जना होम आइसोलेसनका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।