काठमाडौं, असोज २६ । पछिल्लो सयम चार हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा १५ सय ६५ महिला र २४ सय ८२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमा काठमाडौंका १८ सय ८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना गरी काठमाडौं उपत्यकामा २२ सय ८३ जना रहेका छन् । त्यस्तै, मोरङका २२३ जना, सुनसरीका २४९, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपुर र कैलाली ६५–६५ जना, बाँकेका ४५, तनहुँका ३७, प्युठान र बर्दिया २६–२६ जना, धनुषा र सिन्धुपाल्चोकका २५–२५ जना, नवलपरासीका २४, सप्तरी र लमजुङ २१–२१ जना, कञ्चनपुरका १८, पर्साका १७, रामेछाप र पाल्पाका १४–१४ जना, रौतहट, दाङ र दैलेख १३–१३ जना, धादिङ र बैतडीका १२–१२ जना तथा बारा, सिराहा, नुवाकोट र स्याङ्जाका ११–११ जनामा कोरोना संक्रमण देखिएको छ । गुल्मीका १० जना, जुम्लाका ९, महोत्तरी, सर्लाही, बाग्लुङ, अर्घाखाँची र कपिलवस्तुका ८–८ जना, दोलखाका ७, रसुवा, डडेलधुरा र दार्चुलाका ६–६ जना, इलामका ५, हुम्ला र बझाङका ४–४ जना, गोरखा, सल्यान र अछामका ३–३ जना, उदयपुर, ओखलढुंगा, खोटाङ, पाँचथर, रोल्पा २–२ जना तथा तेह्रथुम, धनकुटा, भोजपुर, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा १–१ जनामा संक्रमण देखिएको छ ।
आजसम्म देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३३ हजार ८८० जना सक्रिय संक्रमित छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् । उनीहरुमध्ये २७९ जनाको आईसीयू र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ सय ७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कूल संख्या ७७ हजार दुई सय ७७ पुगेको छ ।
नेपालमा हालसम्म संक्रमित हुनेको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । आज नौ जना मृतकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।