काठमाडौं, असोज २४ । पछिल्लो २४ घण्टामा देशभर थप पाँच हजार आठ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १९ हजार तीन सय २० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
आज संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै २६ सय ७२ जना रहेका छन् । जसमध्ये काठमाडौंमा २१ सय, ललितपुरमा तीन सय ६९ र भक्तपुरमा दुई सय तीन जना संक्रमित थपिएका छन् । यस्तै, मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८–४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६–३६ जना, काभ्रे र कैलालीका ३५–३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८–१८ जनामा संक्रमण देखिएको छ । रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२–१२ जना, धनकुटा, धनुषा, महोत्तरी र रुकुम पश्चिमका ११–११ जना, बारा, दैलेख र बझाङका १०–१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८–८ जना, म्याग्दी स्याङ्जाका ७–७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६–६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५–५ जना, इलाम, डडेलधुरा र डोटीका ४–४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३–३ जना, लमजुङ र रुकुम पूर्व २–२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, हालसम्म नेपालमा कूल संक्रमितको संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार आठ सय १८ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना र होम आइसोलेसनमा १७ हजार एकसय ६४ जना रहेका छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।