काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै बढी ३४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालका विभिन्न जिल्लामा गरिएको १४ हजार दुई सय नौ जनाको पिसिआर परिक्षणबाट १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा १६ सय ८४ रहेका छन्, जसमा काठमाडौंका १२ सय ९६, ललितपुर दुई सय ९३ र भक्तपुरका ९५ जना छन् । त्यस्तै, मोरङका तीन सय २२ जना, सुनसरीका एक सय ९३, चितवनका एक सय ३१, रुपन्देहीका एक सय ३०, बाँकेका एक सय ६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४–३४ जना, सप्तरी र कपिलवस्तुका ३३–३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२–२२, लमजुङ र पाल्पाका १९–१९, धनुषा र नवलपरासीका १८–१८ जना, सर्लाही र नवलपुरका १७–१७, पर्सा र सिराहाका १५–१५, बारा, गोरखा र तनहुँका १३–१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९–९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५–५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४–४ जनामा संक्रमण देखिएको छ । यस्तै खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३–३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २–२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको कूल सङ्ख्या ९४ हजार दुई सय ५३ पुगेको छ । यस्तै प्रवक्ता डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार एक सय २६ जना उपचारपछि निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय ७८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म ११ लाख १३ हजार चार सय ८५ जनाको पीसीआर विधिबाट कोरोना संक्रमणको जाँच गरिएको छ । देशभर २५ हजार सात जना सक्रिय संक्रमित रहेका छन्, जसमा १४ हजार चार सय ११ होम र १० हजार पाँच सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।