काठमाडौं, भाद्र २७ । पछिल्लो २४ घण्टामा १२ सय एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार एक सय ७६ नमूना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन् । त्यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८–१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०–१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ । महोत्तरी र रोल्पाका ८–८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७–७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४–४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३–३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २–२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १–१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
हालसम्म देशभर संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । हालसम्म कूल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मृतक १४ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक ३३६ जनामा कोरोना पुष्टि भएको छ ।