काठमाडौं, भाद्र २२ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ भने देशभरमा थप ९७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित थपिएका हुन् ।
आज काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित थपिएका छन् । त्यस्तै, मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१–४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९–१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६–१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ । गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६–६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३–३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २–२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४७ हजार दुई सय ३६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार दुई सय ५९ छ । त्यस्तै पछिल्लो समय थप मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको छ । हाल १७१ जना संक्रमित आइसियू र भेन्टिलेटरमा छन् । विगत २४ घण्टामा ९२ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ७७ हजार बढीको पिसिआर परीक्षण भएको छ ।