काठमाडौं, भाद्र १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन सय एक जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएसँगै देशभर आठ सय ८५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार दुई सय ५३ जनाको नमूना परीक्षण गर्दा आठ सय ८५जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको डा.गौतमले जानकारी दिए । काठमाडौं उपत्यकामा सोमबार २२४ जना र मंगलबार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०–२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८र१८ जना, झापा र दाङका १६–१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ । तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७–७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४–४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २–२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १–१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
देशभर हालसम्म संक्रमितको संख्या ३४ हजार चार सय १८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।