सुर्खेत, जेठ ३२ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाद्वारा आइतबार १ः४५ बजे जारी सूचना अनुसार थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरुको सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित दैलेखबाट ३७ र सुर्खेतबाट १५ जना रहेका छन्, जसमा एक जना महिला र बाँकी पुरुष हुन् । नयाँ संक्रमित दैलेखका ३७ जनामध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको वडा नं.१, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेका छन । नारायण नगरपालिकाका वडा नं.२ का दुई जना पुरुष रहेका छन् । त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका–१ का एक जना पुरुष, गुर्भाकोटा नगरपालिका वडा नं.१, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् । लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडा नं.१, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या नौ सय ६७ पुगेको छ ।
आज दैलेख अस्पतालबाट दुई जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एकजना गरी तीनजना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या तीन रहेको छ । नेपालभर संक्रमितको संख्या भने ५४ सय ५३ पुगेको छ ।
