मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा सफलता मिल्ने छ । महिलावर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । शेयरको कारोवारमा सफलता मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाईने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तिय संस्थाबाट सहयोग पाइने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्चपनि बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाइने छ । छोटो दुरीको लाभदायक यात्रा रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । दैनिक कार्यमा सफलता नै मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरू अगाडी बढ्ने छन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् । आफन्तको प्रगतिमा मन रमाउने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ । –ज्यो.प.नारायणप्रसाद दुलाल