मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सफल यात्राको योग छ । परिवारमा सुख सन्तोष छाउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । जोश जाँगर र उमङ्ग बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी छाउला । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । राजनैतिक विवाद बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । प्रेममा मधुरता छाउने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । भूमि लाभ रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुने छ । यात्रामा मालसामान हराउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । लक्ष्मी प्रसन्न हुने योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । राज्यबाट मान सम्मान पाइने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईने छ । दिनको उत्तरार्ध सुखद रहने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्या र बुद्धिके विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुने छ । दाम्पत्य जीवन सुखमय हुने छ । बहुमुल्य वस्तु हात पर्ने छ । नयाँ व्यक्ति संग भेटघाट हुने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शुभकार्यको चर्चा चल्ने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुने छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । कार्य सम्पादनमा सहजता मिल्ने छ । —हाम्रो पात्रो