काठमाडौं, मंसिर १ । एलआरआई स्कूल ८औं स्पोर्टस फेस्ट बास्केटबल प्रतियोगिताको छात्रतर्फको उपाधी टिआईए स्कूलले जितेको छ । एलआरआई स्कूलको खेल मैदानमा खेलिएको फाईनल खेलमा टिआईए स्कुलले रेडियन्टलाई ४७।४१ स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।
निकै नै रोमान्चक प्रतिस्पर्धामा खेलको अन्तिम क्षणमा टिआएले रेडियन्टलाई झिनो अन्तरले पराजित गर्न सफल भएको हो । त्यस्तै, छात्रातर्फको उपाधि एलआरआई स्कुलले जितेको छ । फाईनलमा एलआरआई स्कूलले शोर्णिम स्कूलललाई ३७।२२ फराकिलो स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो । एलआरआईले म्याचमा शुरुआत देखिनै अग्रता कायम गर्दै शोर्णिम माथि दबाब बनाएको थियो ।
प्रतियोगितामा छात्रतर्फको मोष्ट भ्यालुयबल खेलाडि एलआरआई स्कूलकी सोनीया राना र छात्रतर्फ टिआईएका सम्राट गुरुङ भएका थिए । उत्कृष्ट खेलाडीलाई विशेष ट्र«फि प्रदान गरिएको थियो ।
प्रतियोगिताको अर्को विधा फुटसलको फाईनल उपाधि लिटिल एन्जल स्कूलले जितेको छ । फाईनलमा लिटिल एन्जलले, ग्रिनफिल्डलाई ६।३ गोल अन्तरले पाराजित गर्दै उपाधी जितेको हो । फुटसलतर्फको मोष्ट भ्यालुयबल खेलाडी लिटिल एन्जलका सुसान्त गुरुङ भएका थिए ।
बिजेतालाई प्रमुख अतिथि रुपक राजवंशीले शिल्ड तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै राजवंशीले यस्ता प्रतियोगिताले अन्तर विविद्यालयको आपसी सम्बन्ध थप मित्रवत हुने विश्वास व्यक्त गरे । आयोजक एलआरआईका संस्थापक शिव राज पन्तले विद्यार्थीहरु मानसिक र शारिरिक रुपमा तन्दुरुस्त हुन जरुरी भएकोले यस्ता प्रतियोगिताको निकै नै महत्व रहेको बताए । उनले विद्यार्थीहरु देशको भविष्य भएकाले खेलकुदको माध्यमवाट पनि विद्यार्थीले आफ्नो करियर मजबुत बनाउँदै मुलुकलाई ठूलो योगदान दिन सक्ने बताए ।
एलआरआईका प्रिन्सिपल डा.देवकान्त जोशीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं, अतिरिक्त क्रियाकलापहरु पाठ्यक्रमा समाबेश भएको वर्तमान शिक्षा प्रणालीलाई विद्यालयले थप शसक्त ढंगबाट अगाडी बढाउने बताए । उनले यस्ता प्रतियोगिताले खेलाडीहरुमा सकारात्मक प्रतिस्पर्धाको भावना जगाउन निकै मद्दत पुग्ने तथा विद्यार्थीहरुको आत्मविश्वास तथा आत्मबल बढ्नेमा जोड दिए ।