काठमाडौं, साउन १७ । नेपालको काठमाडौं, पोखरा, भक्तपुर, धुलिखेल, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीलगायत २१ वटा शहरमा तीन सय ३० भन्दा बढि होटल र पाँच हजार पाँच सयभन्दा बढि कोठाहरु रहेको ओयो होटल एण्ड होमस्को नेतृत्व विक्की योल्मोले गर्ने भएका छन् । योल्मो ११ वर्षभन्दा बढि एक अनुभवी स्ट्याटिजिक बिज्नेस म्यानेजमेन्ट स्पेसयालिस्ट भएकाले नेपालका लागि ओयो होटलहरुको नेतृत्वका लागि योल्मोलाई नियुक्त भएका हुन् ।
फूड, डेरि, रिटेल तथा एग्री कमोडिटिमा ११ वर्षभन्दा बढि अनुभवका साथ, विक्कीको व्यवसाय व्यवस्थापन र विकास रणनीतिले ओयो नेपाललाई आर्थिक वर्ष २०१९ मा १० हजार कोठाहरु पुर्याउन मद्दत गर्नेछ । विश्वव्यापी रुपमा ओयोले ८० देशका आठ सय शहरहरुमा एक मिलियन कोठाहरु पुर्याएर विश्वकै तेस्रो–ठूलो होटल चेन बन्न सफल भएको छ । ओयो होटल एण्ड होमस्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठूलो, विश्वकै तेस्रो ठूलो र सबैभन्दा तीब्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल, घरहरु र आवास हो ।
नेपालमा आतिथ्य श्रृंखलाहरु विस्तार भइरहेका बेला विक्की सम्पूर्ण होटल संचालकहरुसँग सम्बन्ध प्रगाण बनाउन, नेपालमा रहेका ओयो कर्मचारीहरुबीच गहिरो संलग्नता कायम गर्न, यात्रुहरुलाई उच्च गुणस्तरीय सेवा तथा विश्वासिलो अनुभव प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल) लाई मध्यनजर गर्दै नेपाललाई चौतर्फी दृष्टिकोणबाट महत्वपूर्ण रणनीतिक बजार विस्तार गर्न केन्द्रित रहनेछन् ।